बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक प्रतिवेदनमा शेयरधनीको विवरण अनिवार्य रुपमा दिनुपर्ने भएको छ । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) कार्यान्वयनमा आएपछि बैंकहरुले यस्तो विवरण दिन छाडेका थिए । राष्ट्र बैंकले ०.५ प्रतिशतभन्दा माथि शेयर हुनेहरुको विवरण प्रकाशित गर्न निर्देशन दिएको छ ।
त्यस्तै, कर्मचारीको तालिममा भएको खर्चदेखि पत्रपत्रिकामा गएको पैसा समेतको विवरण तालिका नै बनाएर खुलाउनुपर्ने केन्द्रीय बैंकको निर्देशन छ । बिल्डिङ, यातायात साधन, बीमा, विज्ञापन, चन्दा, सुरक्षा खर्चदेखि मनोरञ्जन खर्च पनि देखाउनु पर्नेछ । सामाजिक उत्तरदायित्व कोष, कर्मचारी तालिम कोष, विदेशी बिनियम उतारचढाव कोषको रकम पनि विवरणमा उल्लेख गर्नुपर्नेछ ।


