Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

वैकल्पिक माध्यमको प्रयोग गरी विदेशबाट रकमान्तर गर्न राष्ट्र बैंकको निर्देशन

२०७६ भाद्र २७ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नेपाल इलोक्ट्रोनिक पेमेन्टि सिस्टम (नेप्स) लाई आफ्नो सञ्जालमा रहेका बैंकका कार्ड बाहकहरुलाई विदेशबाट वैकल्पिक माध्यमको प्रयोग गरी रकमान्तर गर्न निर्देशन दिएको छ । गत भदौ १८ गतेदेखि नेप्सको होस्टिङ र स्विचिङ सेवा अवरुद्ध रहेका कारण राष्ट्र बैंकले सूचना जारी गर्दै नेप्सको सेवा अवरुद्ध हुनु भन्दा अगाडि जारी गरिएका कार्डमा बाँकी पैसा राष्ट्र बैंकले तोकेको सीमासम्म निकाल्न बैकल्पिक माध्यमबाट दोहोरो नपर्ने गरी रकमान्तर गर्न निर्देशन दिएको हो ।

वैकल्पिक माध्यमको प्रयोगगरी विदेशबाट पैसा पठाउँदा भुक्तानी गरिएको कार्डको सीमा घटाउनु पर्ने र अतिरिक्त शुल्क नपाउने राष्ट्र बैंकले जनाएको छ । भारतका विप्रेषण प्रदायक कम्पनीका केन्द्रहरु मार्फत कार्डमा रहेको रकम भारतीय रुपैयाँमा मात्र भुक्तानी हुनेछ ।

उक्त रकम कार्डवाहकको निवेदनलाई आधार मानेर सम्बन्धित व्यक्ति वा संस्थाको विदेशस्थित बैंकको खातामा रकमान्तर हुने छ । बैकल्पिक माध्यमबाट रकमान्तर गरिएको रकमको विवरण राष्ट्र बैंकमा ७ दिन भित्र पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।