September 11th, 2019

लक्ष्मी बैंकको ११३औँ शाखा सप्तरीको राजविराजमा

बैंकिङ खबर । लक्ष्मी बैंकले सप्तरीको राजविराजमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यससँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११३ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रका बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]