बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको साना तथा लघुबैंकिङ्ग, पर्सा शाखामा सदस्य रहेका मनमाया मगरको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको एक लाख ४३ हजार सात सय ८४ रुपैयाँ मिनाहा र फिर्ता गरेको छ ।
स्व. मनमाया मगरको छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष टिकादत्त ईटनि, बैंकको पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरीले संयुक्त रुपमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।




