Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

चेक काट्दै हुनुहुन्छ ? हस्ताक्षर मिलेन वा व्यालेन्स पुगेन भने कालो सूचिमा परिन्छ !

२०७६ भाद्र २३ गते

बैंकिङ खबर । अब चेक र चेकबुक पनि अति जतन गर्नुपर्ने छ । खातामा रकम नहुँदा वा पैसा जम्मा भइहाल्छ भनेर चेक काट्नु हुँदैन । चेक काटी हालेको अबस्थामा व्यालेन्स राम्ररी हेर्न जरुरी छ । त्यससँगै हस्ताक्षर मिल्यो वा मिलेन भन्ने विषय पनि अब राम्ररी हेर्नुपर्ने हुन्छ । यदी तपाईको हस्ताक्षर मिलेको छैन भने पनि चेक साटीदैन । त्यस्तो अबस्थामा पनि एकसाताको मात्रै म्याद रहन्छ । यस कारण चेकमा हस्ताक्षर नमिलेर दुख पाउनु भएको छ भने तुरुन्तै हस्ताक्षर परिबर्तन गर्नूहोस् । अन्यथा तपाईलाई बैंंकिङ कसुरकै सजाय हुने छ ।

बैंकप्रतिको विश्वास कायम गर्न नेपाल राष्ट्र बैंक बाउन्स चेकको विषयमा कडा रुपले प्रस्तुत भएको हो । राष्ट्र बैंकले एकीकृत निर्देशिका मार्फत पैसा नभएको खाताको चेक काटे र चेकमा हस्ताक्षर नमिले एकसाताको म्याद दिने र त्यसपछि कालो सूचिमा राख्ने व्यवस्था गरेको छ । बैंकिङ प्रणालीप्रति विश्वास कायम गर्न यस्तो नीति लियएको बताइएको छ । खातामा रकम नभएमा वा अपुग भएमा तथा हस्ताक्षर नमिलेमा बैंकले एक साताको समयसीमाभि खातावालालाई जानकारी दिनु पर्ने छ । उक्त अवधिमा भुक्तानी नभए उक्त व्यक्ति कालोसूचीमा पर्ने छ । अब यो विषय बैंकिङ कसुरको सजायमा पर्ने छ ।