Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुलाई आइटी सुरक्षामामा लगानी बढाउन गभर्नर नेपालको निर्देशन

२०७६ भाद्र २३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आइटी सुरक्षामा लगानी बढाउन निर्देशन दिएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुलाई आइटी र सेक्युरिटीमा लगानी बढाउन निर्देशन दिए । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाइ संयुक्त रुपमा निर्देशन दिँदे उनले आइटीमा लगानी बढाउन भने । अबको समय आइटी र साइबर सेक्युरिटीको समय भएको भन्दै उनले यसमा आउनसक्ने हरेक चुनौतीलाई सामना गर्न सक्नेगरी अघि बढ्न निर्देशन दिए । विश्वभरीसाइबर सेक्यूरिटी चुनौतिका रुपमा रहेको भन्दै गभर्नर नेपालले बैंकहरुले आइटीमा लगानी बढाउनुपर्ने बताए ।