बैंकिङ खबर । सांग्रीला डेभलपमेन्ट बैंक लि ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत,बिभिन्न शाखा कार्यलयहरु मार्फत बिभिन्न सामाजिक कार्यहरुबाट समाजमा विभीन्न खालको सहयोग र साथ दिदै आफ्नो बैकको पहिचान तथा व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्घेश्यले बिभिन्न कार्यहरु गर्दै आएको छ ।
यसै बिच सांग्रीला डेभलपमेन्ट बैंक लि.गल्छी शाखा धादिले बागेश्वरी माध्यमिक बिधालय गल्छी ६ धादिङमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा गल्छी गा.पा.का अध्यक्ष कृष्ण हरि श्रेष्ठ प्रमुख अतिथीमा रहनुभएको थियो भने, विशेष अतिथीमा विधालयका प्र.अ.बलराम खतिवडा एवं विभीन्न संघ सस्थाबाट पाल्नू भएका प्रमुख ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । बैंक ले प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय र सान्तवना हुनेहरुलाई पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले हाल देशैभर सांग्रीला डेभलपमेन्ट बैंक लि को चर्चा राम्रो भएको र यसको शाखा धेरै, सेवा सुविधा राम्रो, बचतमा उच्चतम ब्याज, रेमिटान्स सेवा, विभीन्न शिर्षकमा कर्जा सुविधा सरल सहज र न्युन ब्याजदर रहेकोले आफुले समेत गल्छी शाखामा खाता खोली कारोबार गरेको बताउनुभयो । गल्छी शाखामा भर्खरै आएर पनि यस ठाउँको समुदायमा उत्कृष्ट संस्थागत सामाजिक उत्तरदायित्वका क्रियाकलाप गरेका कारणले सांग्रीला डेभलपमेन्ट बैंक लि गल्छी शाखालाइ गल्छीबासीले रुचाएको उल्लेख गर्नुभयो ।
यसै गरि शाखा प्रमुख गौरब काफ्लेले सांग्रीला डेभलपमेन्ट बैंक लि.ले नाफा मात्रै नभई समुदायको हरेक आवश्यक्तमा सांग्रीला बैक को उपस्थिती अरु बैकको तुलनामा अगाडी रहेको समेत दावि गर्नुभयो । सांग्रीला डेभलपमेन्ट बैंक लि दिन प्रति दिन माथि चडीरहेको उल्लेख गर्दै सक्षम, बौद्धिक, अनुभवी, निश्कलंकीत, कर्मचारीहरुलाई सकारात्मक समन्वय गरि अगाडी बढाउन सक्ने कला र क्षमतावान तथा बैकको बढि स्नेह ममता बोकेर बैकलाई अगाडी बढाउनु भएका अग्रज बैकको प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठको निर्देशन, सक्षम विभागीय प्रमुखहरुको शाखा प्रतिको साथ समन्वय ,शाखामा कार्यरत कर्मचारीको अनुभव, असल एवं शिष्ट ग्राहक ब्यबहार र राम्रो छवि भएको समितीको छायाले गर्दा नै सांग्रीला डेभलपमेन्ट बैंक अझै माथि जाने कुरामा दुइमत नभएको बताउनुहुन्छ । कार्याक्रममा बोल्दै काफ्लेले गल्छी शाखामा एकपटक सेवा गर्ने मौका दिन र देशैभरि रहेको शाखा कार्यालयमा आफना साथिभाई, आफन्त, इष्टमित्रलाई समेत यस बैकको पायक पर्ने शाखा कार्यालयमा गई कारोबार गर्न सबैमा अनुरोध गरिदिन समेत अनुरोध गर्नुभयो ।