बैंकिङ खबर । कुमारी बैंकले बोनस सेयर पारित गर्ने विशेष प्रस्तावसहित असोज ११ गते आफ्नो १९औँ वार्षिक साधारणसभा डाकेको छ । साधारणसभा प्रयोजनका लागि भदौ २९ गतेदेखि शेयरधनी पुस्तिका बन्द रहने भएको छ । नक्साल बैंंक्वेटमा विहान ११ः३० बजे हुने सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७५/०७६ को लागि चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ नगद लाभांश ०.५२६% स्वीकृत गर्नेछ ।
विशेष प्रस्तावमा बैंकले आ.व. २०७५/०७६ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५ (१)(ग) ले निर्धारण गरेको सीमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने पनि उल्लेख गरिएको छ ।
उन्नाईसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५÷०७६ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात, आ.व. २०७५÷०७६ को नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने, सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेडको आ.व. २०७५÷०७६ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने सामान्य प्रस्ताव रहेका छन् ।
त्यस्तै, आ.व.२०७६÷०७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक पनि सभाले तोक्ने छ । लेखापरीक्षकमा वर्तमान लेखापरीक्षक एसआर पाण्डे एण्ड कम्पनीका सीए सुदर्शन राज पाण्डे पुनर्नियुक्त हुन सक्ने बताइएको छ ।
साधारणसभामा भदौ २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि.बाट कारोवार भएको शेयरधनीहरुले मात्र भाग लिन, मतदान गर्न र बोनश शेयर प्राप्त गर्न सक्ने छन् ।