June 21st, 2016

सिद्धार्थ बैंक र विजनेस युनिभर्सल मर्ज भएर बन्यो सिद्धार्थ बैंक

mergerसिद्धार्थ बैंक र बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक मर्जर भई सिद्धार्थ बैंक लिमिटेडको नामबाट मंगलबारदेखि संयुक्त कारोबार सुरु गरेका छन् । एकिकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले गरे । मर्जरपश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । यी दुई संस्थाबिच गत पौष २३ गते मर्जर सम्झौता भएको थियो । 

मर्जर पश्चात बनेको सिद्धार्थ बैंकको निक्षेप ६२ अर्ब १० करोड , कर्जा ५३ अर्ब ६४ करोड र एकिकृत खुद मुनाफा एक अर्ब १६ करोड रुपैयाँ पुगेको प्रमुख कार्यकारी सुरेन्द्रर भण्डारीले जानकारी दिए । दुई बैंक गाभिएपछि बैंकको शाखा सञ्जाल ६९, एटिएम ८१, ६५ स्थानमा शाखारहित बैंकिगं सेवा तथा कर्मचारी संख्या ६ सय १४ पुगेको बैंकले जनाएको छ ।

सो क्रममा सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडियाले बैंकले राष्ट्र बैंकले दिएको समय सिमाभित्र ८ अर्ब पूँजी पुर्याउन बोनश, हकप्रदसँगै मर्जरलाई समेत प्राथमिकतामा राखेको जानकारी दिए । विजनेश युनिर्भसलका अध्यक्ष मिलन वैद्यले मुलुक र बैंकको आवश्यकताले मर्जरमा जानु परेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]