बैंकिङ खबर । विदेशी कम्पनी तथा ब्यक्ति र गैरआवासीय नेपालीले पनि नेपालका बैंकमा मुद्दति निक्षेप खाता खोल्न सक्ने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको ब्यवस्थाअनुसार १६ बुँदे निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
निर्देशन अनुसार, उनीहरुले जम्मा गरेको रकमको शत प्रतिशत रकमसम्म नेपाली मुद्रामा कर्जा लगानी गर्न सकिने छ । मुद्दति निक्षेप कम्तिमा १० हजार डलर बराबरको रकम दुई बर्ष अवधिको लागि राख्नुपर्नेछ । दुई वा दुईभन्दा बढी संस्था वा गैरआवासिय नेपालीको नाममा संयुक्त रुपमा समेत खाता खोल्न सक्नेछन् । खाता डलरका साथै यूरो, पाउण्ड स्टर्लिङ, अस्ट्रियन तथा क्यानेडियन डलरमा पनि खोल्न सकिने छ । विदेशी बैकबाट लिएको ऋण र यस्तो निक्षेपको अंश प्राथमिक पूँजीको शत्प्रतशित मात्र हुनुपर्ने ब्यवस्था गरिएको छ ।


