कृषि विकास बैंकले संखुवासभास्थित खाँदबारीमा आधुनिक बैंकिङ कार्यालय खोलेको छ । बैंकले पूर्ण आधुनिक कारोबार गर्ने सीबीएससहितको बैकिङ्ग कार्यालय मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । कार्यालयको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले गरे । कार्यक्रममा बोल्दै सीईओ सिटौलाले यस शाखाले निक्षेप संकलन गरी गुणस्तरीय कर्जा लगानी गर्ने बताए ।




