बैंकिङ खबर / चिनियाँ गिरोहले नेपालका बैंकबाट सिष्टम ह्याक गरेर अरबौं लुट्ने योजना बनाएको रहस्य खुलेको छ । पाँचजनाको एउटा चिनियाँ गिरोहलाई प्रहरीले एटीएम लुटीरहेको अबस्थामा पक्राउ गरेपछि यो रहस्य खुलेको हो । जसका कारण रकम जोगाउन नेप्स नेटवर्क अन्तरगतका एघार बैंक र सातवटा विकास बैंकहरुका एटीएम बन्द गरिएको छ । चिनियाँ समुहको ठुलो गिरोहले नेटवर्क ह्याक गरेर अरबौ रकम लुट्ने योजना बनाएको सूचना पाएपछि नेप्सले एटीएम सेवा अबरुद्ध गरेको बताइएको छ । आफ्ना नेटवर्कको रकम जोगाउन यस्तो रणनीति बनाएको हो । शनिबार चिनियाँ गिरोहले दरबार मार्गमा रहेका एटीएमबाट डेड करोड रकम लुटेका थिए । प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै चिनियाँ पाँच जना नागरिकहरुलाई दरबारमार्गबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
