बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बुढो मान्छेले बैंक चलाउन नसक्ने प्रष्ट पारेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै डा . नेपालले मानिस बुढो भएपछि काम गर्न नसक्ने भएकाले सन्सारमा उमेर हद तोक्नुपरेको बताए । उनले सरकारी सेवामा ६० बर्ष उमेर हद तोकीएको उल्लेख गर्दै जनताको पैसाको संरक्षण गर्ने बैंक जस्तो ठाउँमा ६५ बर्ष उमेर हद तोकिनु कसरी गतल हुन्छ ? भनेर प्रस्न गरे । राष्ट्र बैंकले बैंकमा सिइओको उमेर हद ६५ बर्ष र संचालक समिति अध्यक्षको उमेर हद ७० तोकेको छ । यसलाई सर्बोच्चले तत्काल कार्यान्वयन नगर्न भनेपछि राष्ट्र बैंकले बाफियामै यो कुरा उल्लेख गरेर पठाएको छ । गभर्नर नेपालले सर्बोच्चको निर्णय गलत भएको तर्फ इंगित गरे ।