June 20th, 2016

दृष्टिविहिनलाई नविल बैंकको सहयोग

nabilनबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दृष्टिबिहिनहरुलाई सहयोग प्रदान गरेको छ । आषाढ ३ गते दृष्टिबिहिन सहयोग केन्द« नेपाल र ललितपुर नेत्रहीन संघद्वारा ललितपुर बार एशोसिएशन, लगनखेलमा आयोजित कार्यक्रममा बैंकले ३२ जना दृष्टिबिहिन विद्यार्थीहरुलाई सेतो छडी वितरण गर्ने कार्यक्रमको प्रायोजन गरेको हो । उक्त कार्यक्रममा  पूर्व मेची देखि पश्चिम महाकालीसम्मबाट उच्च शिक्षा हासिल गर्न आएका आर्थिक रुपले विपन्न दृष्टिबिहिन विद्यार्थीहरुलाई सेतो छडी प्रदान गरिएको  हो । सो अवसरमा बैंकका तर्फबाट सहायक महा प्रबन्धक श्री रमेश प्रसाद लोहनीले दृष्टिबिहिन विद्यार्थीहरुलाई सेतो छडी वितरण गरेका थिए । 

नबिल बैंकले सँधै नै समुदायलाई आफ्नो एक अभिन्न अङ्गको रुपमा लिदै विभिन्न सामाजिक दायित्वहरु निभाउँदै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल बैंकले शैक्षिक क्रियाकलाप, बिज्ञान र प्रविधि, खेलकुद, स्वास्थ्य, कला तथा साहित्य आदि विभिन्न क्षेत्रहरुमा सहायता प्रदान गर्दै विविध सामाजिक कल्याणका लागि निरन्तर प्रतिबद्ध छ ।