August 27th, 2019

एउटा सहकारी विरुद्ध यति ठुलो आन्दोलन ? नेपालगंजको सहकारीबाट सिक्नुपर्ने पाठ

बैंकिङ खबर । आफ्नो बचत डुब्ने खतरा देखेपछि नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडका बचतकर्ताहरुले आन्दोलनको घोषणा गरेका छन् । करोडौँ रकम हिनामिना प्रकरणमा आफ्नो रकम डुब्ने खतरा देखेपछि बचतकर्ताले ५१ सदस्यीय संघर्ष समिति गठन गरी असुलीका लागि दबाब दिन थालेका छन् ।

सहकारीको कुल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको जिल्ला सहकारीले यसअघि गठन गरेको छानबिन समितिले देखाएको छ । ५२ करोड अधिकतम् पूँजी रहेको सहकारीको झन्डै ३८ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदनमा उल्लेख छ । रकम अपचलन सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेपछि अनुसन्धान भइरहेको छ ।

यो एक उदाहरण मात्रै हो । प्रभावकारी नियमनको अभावमा थुप्रै सहकारीले रकम हिनामिना गरेका छन् । सहकारीका संचालक नै बचतकर्ताको रकम खाएर भाग्ने गरेका छन् भने बचतकर्ताहरु रकम फिर्ता पाउने आश नै मारेर बसेका छन् । यस्तो अवस्थामा सहकारी वित्तीय विकास संस्थाका बचतकर्ताले रकम डुब्नुअघि नै संगठित भएर उदाहरण बनेका छन् । उनीहरुले आफूले कारोबार गर्ने सहकारी संस्थाको अवस्थाप्रति जानकार र सहज रहनुपर्ने पाठ सिकाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]