बैंकिङ खबर । नेपाल बैंकले गुल्मीको शान्तिपूर र पाल्पाको छहरामा नयाँ शाखा विस्तार गरेको छ । त्यस्तै, बैंकले पाल्पाको तानसेन नगरपालिकास्थित मिसन हस्पिटल एरियामा एक्सटेन्सन काउन्टरको पनि स्थापना गरेको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ४ स्ति शान्तिपूर शाखा सशस्त्र द्वन्दका बेला असुरक्षाको कारण बन्द भएको थियो । सोही शाखालाई बैंक संचालक समितिका अध्यक्ष बासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाक अध्यक्ष द्रोण बहादुर खत्रीले संयुक्त रुपमा उद्घाटन गरी पुनस्र्थापना गरेका हुन् ।
पाल्पाको छहरा शाखा र मिसन हस्पिटल एरियाको एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल र बैंक संचालक समितिका अध्यक्ष बासुदेव अधिकारीले संयुक्त रुपमा गरे ।
आर्थिक कारोबार गर्दा विचार पुर्याएर, तमसूक तथा कागजातहरु राम्ररी पढेर सचेत भई गरेमा बैंकसँगको सम्बन्ध सुमधुर हुनुका साथै आफू पनि ठगिन नपर्ने गभर्नर डा. नेपालले बताए । बैंकसँग कारोबार गर्दा नेपाल राष्ट्र बैंकको नीति, निर्देशन तथा बैंकको नीति आदिलाई पनि ख्याल गर्न उनले सुझाए ।