नेपालमा चार्टड एकाउन्टेन्सी अध्यन गरिरहेका विद्यार्थीहरुको साझा संगठन नेपाल चार्टड एकाउन्टेन्टस विद्याथी संगठन (एनकासा) को आयोजनामा आउँदो असार १८ गते चौथो सिए फेट हुने भएको छ । एनकासा स्थापना दिवसको अवशरमा हरेक बर्ष गरिने सिए फेट आउदो असार १८ गते रोएल रेस्टुरेन्ट तीनकुनेको सभाहलमा हुने एनकासाले एक सूचनामार्फत जानकारी दिएको छ । सिए फेटमा सम्पूर्ण सिए विद्यार्थीहरुलाई उपस्थित हुन एनकासाले आह्वान गरेको छ ।


