Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिनर्जी फाइनान्सको १ लाख ८५ हजार कित्ता संस्थापक शेयर लिलामीमा

२०७३ असार ६ गते

synergyसिनर्जी फाइनान्सले १ लाख ८५ हजार कित्ता शेयर लिलामीमा राखेको छ । कम्पनिले कर्जा अपचलन काण्डमा परेका तत्कालीन संचालक देबेन्द्रप्रसाद ध्यवजुको नाममा रहेको संस्थापक शेयर लिलामीमा राखेको हो । ध्वजुले लिएको कर्जाको सावाँ ब्याज ३५ दिने मौका दिदा पनि तिर्न नसकेपछि सेवा बिकास बैंकले धितोमा रहेको सो शेयर लिलाममा राखेको हो ।

न्युनतम मूल्य नतोकिएको सो शेयर खरिद गर्न ७ दिन भित्र सिलबन्दी बोलपत्रका साथ १० प्रतिशत नगद जम्मा गरेको भौचर पनि सेवाको कार्यालय बुटवलमा पेश गर्नुपर्ने बताइएको छ । ८ औँ दिनमा बोलपत्र खोलिने छ ।