June 20th, 2016

कास्की फाइनान्स र कामना विकास बैंक गाभिए

kamanaकास्की फाइनान्स र कामना विकास बैंक मर्ज भएका छन् । पोखरामा प्रधान कार्यालय रहेका यी दुईँ संस्था कर्ज भई बनेका राष्ट्रियस्तरको विकास बैंक बनेको कामना विकास बैंकले सोमबारबाट एकिकृत कारोबार थालेको छ । एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले गरे । 
 
यस्तो बन्यो नयाँ संस्था
मर्जपछि बैंकको चुक्ता पुँजी ६६ करोड १६ लाख, निक्षेप ६ अर्ब ८३ करोड, कर्जा ५ अर्ब ९३ करोड, शाखा २१, एटिएम ९ र ग्राहक ७४ हजार पुगेको छ । मर्जर पश्चात अध्यक्ष कामनाबाट राजेन्द्रनिधि कोइराला र सिइओ कास्कीका फाइनान्सबाट तोयाराज अधिकारी र लोगो भने कास्की फाइनान्सको प्रयोग गर्ने सहमति भएको छ । कामनाका अहिलेका सिइओ उमेशकुमार आचार्य मर्जपछि डेपुटी सिइओ हुने भएका छन् । यसैगरी सञ्चालक समितिमा दुवै संस्थाबाट चाररचार र विशेषज्ञ एकजना रहनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]