Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

डेपुटी सीईओ नपाएपछि ओमका सीईओ एनएमबि बैंक नजाने

२०७६ भाद्र ५ गते

बैंकिङ खबर । डेपुटी सीईओको पद नपाउने भएपछि ओम डेभलपमेन्ट बैंकका सीईओ विश्वमोहन अधिकारी एनएमबि बैंक नजाने भएका छन् । अधिकार भिआरएस लिएर बाहिरिन लागेको बुझिएको छ । यद्यपि, यस विषयमा अधिकारीले केही बोलेका छैनन् ।

ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । भदौभित्रै एकीकृत कारोबार सुरु गर्ने गरी प्रक्रिया अघि बढिरहेको छ । मर्जरको लागि सबैभन्दा ठूलो समस्या रहेको कर्मचारी समायोजनको काम पनि सकिएको छ ।

ओमका कर्मचारीहरुले एनएमबि बैंकमा एक तह तल्लो पद पाउने गरी समायोजन भएको बताइएको छ । ओमका ४४३ कर्मचारीमध्ये ७० जनाले एनउमबिमा ठाउँ नपाउने भएका छन् । जसमा सीईओसहित मेनेजर, ड्राइभर र अन्य सपोर्टिङ स्टाफ रहेका छन् । ओमका डेपुटी सीईओ बुद्धि मल्ललाई भने छ महिनापछि एसिस्टेन्ट जनरल मेनेजर हुने गरी अहिले चिफ मेनेजरको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।