June 20th, 2016

सेञ्चुरी बैंकले सुरु गर्यो भिसा क्रेडिट कार्ड सेवा

centuryसेञ्चुरी बैंकले भिसा क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकका अनुसार ग्राहकवर्गहरुले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन सक्ने छन् । बैंकका सबै शाखामार्फत यो कार्ड पाइने विज्ञप्तिमार्फत जनाएको छ । बैंकको ३१ वटा शाखा, २८ वटा एटीएम, ८ वटा शाखारहित बैंकिङ र ३ वटा एक्सटेन्सन काउन्टर छन् ।