बैंकिङ खबर । कुनैपनि कम्पनी तथा फर्मले कर कार्यालयको स्वीकृति विना बैंकबाट ऋण नपाउने भएका छन् । बैंकबाट कर्जा लिनका लागि कम्पनीले कर कार्यालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । कम्पनी तथा फर्मले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनका लागि फरक फरक विवरण बनाएका कारण यस्तो नीति अघि सारीएको हो । आन्तरिक राजस्व विभागले विभिन्न बैंकहरसँग छलफल गरेरै यो नीति अघि सारीएको जनाएको छ ।
