August 15th, 2019

बहालवाला मन्त्री पक्राउ गर्ने बैंकिङ कसुर कति शक्तिशाली ? बैंकिङ कसुरले मन्त्री पद चैट !

बैंकिङ खबर । बैंकिङ कसुरको अभियोगले एक मन्त्रीको पद फुस्कीएको छ । बहालवाला प्रदेशमन्त्री बैंकिङ कसुरमा जेल चलान भएका छन् । बैंकिङ कसुरको घटनामा कीर्ते बैंक ग्यारेन्टी गरेको विषयलाई लिएर कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गरिएको छ । उच्च अदालत पाटनले उनलाई दुइदिन अघि पक्राउ आदेश दिएको थियो । पक्राउ आदेश सँगै बैंकिङ कसुरमा मन्त्री खत्री पक्राउ परेपछि उनलाई प्रदेश सरकारले मन्त्री पदबाट बर्खास्थ गरेको छ । अदालतले मन्त्री खत्री सहित अरु ५ जनालाई पक्राउ आदेश दिएको थियो । उनीहरुले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको अभियोग लागेको हो । उनी प्रहरी हिरासतमा छन् । उनी पक्राउ परेपछि उनलाई प्रदेश सरकारले बर्खास्थीको निर्णय गरेको हो । प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई पदमुक्त गरिएको जानकारी दिए । मन्त्री खडकबहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी मुख्य मन्त्री आफैंले संहालेका छन् ।
बैंकिङ कसुर सामान्य छैन । बैंकिङ कसुरमा कैयौ व्यक्ति पक्राउ परिसकेका छन् । तथापी बहालवाला मन्त्रीकै पद यो विषयले बर्खास्थ गरिदियो । अत्याधिक धनी ठेकेदारका रुपमा चिनीएका मन्त्री खत्रि त्यस क्षेत्रका नामी ठेकेदार नै हुन् । सबैभन्दा ठुलो बैंकिङ कसुरमा तत्कालीन किष्ट बैंकका सिइओ कमल ज्ञवाली पक्राउ पछि अहिले पनि हिरासतमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]