संस्थागत अर्थतन्त्र विकास र नियमन सहजताका लागि बैंकलाई ब्रोकर लाइसेन्स
२०७६ श्रावण २९ गते
बैंकिङ खबर । अर्थसचिव राजन खनालले आर्थिक गतिविधिलाई सक्रिय बनाउन र औपचारिक अर्थतन्त्रको विकास गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिनू उपयुक्त भएको बताएका छन् । संसदको अर्थ समितिमा बोल्दै सचिव खनालले बैंकलाई ब्रोकर लाइसेन्स दिने सरकारी नीतिको स्वागत गरे । ‘बैंकलाई ब्रोकरको काम गर्न दिँदा संस्थागतरुपमा राज्यलाई कर बढ्ने तथा आर्थिक क्षेत्र औपचारिक च्यानलमा आउने उनको भनाई छ । बैंकलाई ब्रोकर लाइसेन्स दिँदा सुशासनमा पनि उपलव्धि हुने भन्दै उनल व्यक्तिलाई राज्यले नियामन गर्न नसक्ने भएकै हुँदा संस्थाको आबश्यकता परेको औल्याए ।