Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैंकिङ कसुरमा बहालवाला प्रदेश मन्त्रीलाई पक्राउ गर्न उच्च अदालतको आदेश

२०७६ श्रावण २८ गते

बैंकिङ खबर । उच्च अदालत पाटनले बैंकिङ कसुरको घटनामा कीर्ते बैंक ग्यारेन्टी गरेको विषयलाई लिएर कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले पक्राउ गर्नका लागि तीन दिनको समय दिएको छ । अदालतले मन्त्री खत्री सहित अरु ५ जनालाई पक्राउ आदेश दिएको छ । उनीहरुले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको आदेशमा उल्लेख छ ।