August 12th, 2019

बाफिया संशोधन प्रस्ताव मन्त्रीपरिषदमा पुग्यो

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ को संशोधन प्रस्ताव मन्त्रिपरिषद पुगेको छ । राष्ट्र बैंकले पठाएको मस्यौदामा केही थपघट गरी अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषद्मा दर्ता गरेका हुन् । मन्त्रीपरिषद्बाट पास भएपछि अर्थमन्त्रीले वाफियालाई संसदमा पेश गर्नेछन् ।

संसदमा पेश गरिएको मस्यौदामा आवश्यक भए थप छलफलका लागि संसदीय समितिमा पठाइन्छ । समितिले संसदको पूर्ण सदनमा प्रतिवेदन पेश गरेपछि फेरि संसदमा छलफल हुन्छ । संसदको दुइतिहाइले पारित गरेपछि त्यसलाई कानूनी रुप दिन राष्ट्रपति कहाँ पठाइन्छ । राष्ट्रपतिले लालमोहर लगाएपछि मात्रै त्यसले कानूनी रुप लिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]