Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकका दुई शाखा र एक एक्सटेन्सन काउन्टर एकैसाथ विस्तार

२०७६ श्रावण २६ गते

बैंकिङ खबर । सनराइज बैंकले गुल्मीको तम्घास र पर्वतको कुश्मामा नयाँ शाखा तथा ललितपूरको सानागाउँमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

आइतबार आयोजित औपचारिक कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख राम चन्द्र जोशी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा कुश्मा शाखाको उद्घाटन गरे भने पर्वत जिल्लाकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले संयुक्त रुपमा एटिएमको उद्घाटन गरे ।

रेसुंगा नगरपालिकाका नगर प्रमुख डिल्ली राज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रुपमा तम्घास शाखाको उद्घाटन गरे ।

त्यस्तै, सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द« मिश्रले संयुक्त रुपमा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे ।

यससँगै सनराइज बैंकको शाखा संख्या ११९, एटिएम १३७ र एक्सटेन्सन काउन्टर ६ वटा पुगेको छ । यसबोहक, बैंकका ३८ वटा शाखारहित बैंकिङ्ग सेवा छन् भने पाँच लाखभन्दा बढी ग्राहक रहेका छन् ।

Ad