Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकको २४८ औँ शाखा नुवाकोटको छहरेमा 

admin २०७३ असार ५ गते
सेयर:

adblकृषि विकास बैंकले नुवाकोटको छहरेमा आफ्नो २४८ औँ शाखा स्थापना गरेको छ । पूर्ण आधुनिक कारोबार गर्ने सीबीएससहितको सो शाखा कार्यालयको उद्घाटन पुर्व अर्थमन्त्री डा. रामशरण महतले गरे । सो अवसरमा सभासद एवं पूर्व मन्त्री डा.प्रकाशशरण महतले यस क्षेत्रमा एउटा पूर्ण वैकिङ्ग सेवा संचालन गर्ने अभिप्रायले बैंक संचालनमा आएको हुंदा जनताका लागि खुशीको विषय भएको बताए । बैंकका अध्यक्ष प्रमोद कुमार कार्की र प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले ग्रामीण क्षेत्रको विकासमा कृषि विकास बैंकले महत्वपूर्ण सहयोग गरिरहेको बताउँदै यस शाखाले पनि निक्षेप संकलन गरी गुणस्तरीय कर्जा लगानी गर्ने बताए । सोही अवसरमा बैंकका संचालक रमेश महतले समेत यस क्षेत्रका जनताले यस बैंकबाट आधुनिक बैंकिङ्ग सुविधा पाउने भएकाले यस क्षेत्रका जनताको आर्थिक उन्नति र प्रगति हुनेमा विश्वास व्यक्त गरे । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।