बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले बुटलवलको कालिकानगरस्थित चौराहा हस्पिटल प्रा.लिसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुले चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्राप्त गर्नेछन् ।
सम्झौतापत्रमा बैंकका प्रदेश नं ५ स्थित प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र अस्पतालका अध्यक्षसुदन ज्ञवालीले हस्ताक्षर गरेका छन् ।