कर्णाली डेभलपमेण्ट बैंकले ४ लाख कित्ता हकप्रद शेयर निष्काशनको मिति थप गरेको छ । बैंकले साविक शेयरधनीहरुका लागि दुई शेयर बराबर एक शेयर (२ः१) को अनुपातमा प्रति शेयर १ सय रुपैँया अंकित दरले सो शेयर निष्काशन गरेको थियो । निष्काशन मिति जेठ २ गते देखी असार ५ गतेसम्म कायम गरिएकोमा मिति थप गरी असार ३० गते पुर्याइएको हो ।
कम्पनीको हकप्रद शेयर खरीदका लागि दरखास्त पाइने स्थान कर्णाली बैङ्क लिमिटेड , नेपालगञ्ज बाँके र सिद्धार्थ डेभलपमेण्ट बैङ्कका शाखा कार्यालय विराटनगरबाट पनि पाइने व्यवस्था गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्रोमर मर्चेन्ट बैङ्कर लिमिटेड रहेको छ ।