Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बुद्ध एयरले भुक्तानी तालिकाभन्दा अढाई वर्ष पहिले नै चुक्ता गर्यो विश्व बैंकको ऋण

admin २०७३ असार ५ गते
सेयर:

buddhaबुद्ध एयरले भुक्तानी मितीभन्दा साढे २ वर्षपहिले नै विश्व बैंकसँग लिएको ऋण चुक्ता गरेको छ । कम्पनिले चार वर्ष अघि विमान किन्नका लागि विश्व बैंकको भगिनी संस्था इन्टरनेशनल फाइनान्स कर्पोरेशनबाट ७० करोड रुपैयाँ (६९ लाख डलर) ऋण लिएको थियो । २० मार्च २०१२ मा स्वीकृत भएको यो ऋणको भुक्तानी तालिका सन् २०१८ सम्मका लागि थियो । बुद्ध एयरले एक प्रेस विज्ञप्ती जारी गरेर भुक्तानी तालिकाभन्दा अढाइ वर्ष अघि नै आइएफसिको ऋण चुक्ता भएको जानकारी दिएको हो । 

बुद्ध एयरले यो ऋणबाट सन् २०११ सेप्टेम्वरदेखि लिजमा रहेको एटिआर ७२ ८६ करोड रुपैँयामा सन् २०१२ मा खरिद गरेको थियो । सोही ऋणबाट कम्पनिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा क्लोज डोर ह्याङ्गर पनि तयार गरेको थियो । आईएफसिको ऋण लगानीबाट बुद्ध एयरलाई संस्थागत गर्न मद्दत पुगेको र गुणस्तरीय व्यवस्थापन विभागको सिर्जना, संस्थागत सुशासनसहित अन्तराष्ट्रिय मापदण्डको सञ्चालन सुरक्षा पनि यो ऋण लगानीबाट सिर्जना विज्ञप्तिमा उल्लेख छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।