Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

काठमाडौंको नैकापमा सनराइज बैंकको नयाँ शाखा खुल्यो

२०७६ श्रावण २३ गते

बैंकिङ खबर । सनराइज बैंकले काठमाडौँको नैकापमा नयाँ शाखा संचालनमा ल्याएको छ । एक औपचारिक कार्यक्रमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सनराइज बैंकका संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालय र एटिएमको उद्घाटन गरे ।

यससँगै बैंकको शाखा संख्या ११६ र एटिएम संख्या १३४ पुगेको छ । यसबाहेक ३८ वटा शाखारहित बैंकिङ्ग सेवा र ५ वटा एक्सटेन्सन काउण्टरमार्फत बैंकले ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad