June 19th, 2016

चिनको व्यापार मेलामा नेपाली मुद्रा 

money२५ दिनका लागि खुलेको चीनको ढुम्बासेन र मुस्ताङीबीचको व्यापार मेलामा नेपाली मुद्रा चलाइएको छ । हरेक वर्षको जुन र अगस्ट महिनामा हुने सो मेलामा पहिलोपटक नेपाली मुद्रा चलाइएको हो । मेला नेपाल–चीन सिमाबाट करिब सात किलोमिटर भित्र लागिरहेको छ । मेलामा नेपाली र चिनियाँ व्यापारीहरुले पसल राखेका छन् । चिनियाँहरुले फलामका चुल्हो, सिरक, ब्ल्यांकेट, बियर, बिस्कुट, चक्लेट बढी बिक्रि गरिरहेका छन् भने नेपालीहरुले पीठो, पस्मिना, मैदा, नेपाली माला, रक्सी जस्ता सामानहरु विक्रि गरिरहेको छन् ।