बैंकिङ खबर । कामना सेवा विकास बैंकको चितवनको भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालयको स्थानान्तरण गरिएको छ । शाखाको हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार सुरु गरिएको हो । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले उक्त शाखाको कारोबार शुभारम्भ गरेकी हुन् ।