Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बाराको निजगढमा सनराइज बैंकको ११५औं शाखा संचालनमा

२०७६ श्रावण २० गते

बैंकिङ खबर । सनराइज बैंकले निजगढमा ११५ औँ शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रमा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल तथा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको उद्घाटन गरे । निजगढ नगरपालिकाको उप–मेयर लिला देवी लामिछाने खनालले एटिएमको उद्घाटन गरिन् ।

बैंकले ११५ वटा शाखा संख्या, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad