Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

२१.२५ प्रतिशतले नाफामा वृद्धि गरी सिद्धार्थ बैंकले लाभांश वितरण क्षमता बढायो

२०७६ श्रावण १९ गते

बैंकिङ खबर । सिद्धार्थ बैंकले २१.२५ प्रतिशतले नाफा बढाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा २१.२५ प्रतिशतले खुद नाफामा वृद्धि गरि गत आर्थिक बर्ष २०७५/०७६ मा २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ९० करोड ४१ लाख खुद नाफा आर्जन गरेको थियो । बैंकले खुद ब्याज आम्दानी ३६ प्रतिशतले बढाउदै ४ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो ।

बैंकद्धारा सार्वजनीक वित्तीय विवरण अनुसार गत आर्थिक बर्षमा एक खर्ब १४ अर्ब ५३ करोड निक्षेप संकलनबाट एक खर्ब चार अर्ब ७६ करोड कर्जा लगानी गरेको गरेकोे छ । सो अवधिमा बैंकले ४ अर्ब ६७ करोड ब्याज आम्दानी गरेको छ ।

यस्तै बैंकको वितरण योग्य मुनाफा एक अर्ब ६५ करोड २० लाख रहेको छ । आठ अर्ब ८८ करोड चुक्ता पूँजी रहेको बैंकले उक्त नाफाबाट शेयरधनीलाई साढे १८ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता कायम गरेको हो ।

यसैगरि बैंकका अन्य वित्तीय सुचकहरुमा आधार ब्याजदर १०.७५ प्रतिशत, कोषको लागत ७.५४ प्रतिशत, र निष्कृय कर्जा अनुपात ०.७५ प्रतिशत रहेको छ । साथै बैंकको जगेडा कोषमा ४ अर्ब ४१ करोड, शेयरधनी कोषमा एक अर्ब ६६ करोड र १२ करोड शेयर प्रिमियम सहित ६ अर्ब २० करोड बराबरको कूल जगेडा रकम रहेको छ ।