Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

स्वदेशमै उद्यमी बन्न गभर्नरको आग्रह, भन्छन्- ‘विदेशको कमाई दिगो हुँदैन’

२०७६ श्रावण १९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैकका बैकका गर्भनर डा. चिरञ्जिबी नेपालले युवाहरुलाई नेपाल सरकारले दिएको अनुदान र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा उत्पादनशील क्षेत्रमा लगानी गरी स्वदेशमा नै उद्यमी भई लाभ लिन आग्रह गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले पाल्पाको तिनाँउ गाउपालिका र तानसेन नगरपालिकाको सीमा क्षेत्र डुम्रेमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै उनले बिदेशमा गएर कमाएको कमाईले अल्पकालीन लाभ देखिएपनि स्वदेशको कमाई दीगो र देशलाई समृद्ध बनाउन महत्वपूर्ण हुने बताए ।

गर्भनर डा. नेपालले राष्ट्र बैकले लिएको वित्तीय साक्षरता अभियानको नीतिलाई बैंकले कार्यान्वयनमा भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै समावेशी अर्थतन्त्र निर्माणमा यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले नेपालमा उत्पादन गर्न सकिने कृषि तथा कृषिजन्य बस्तु समेत ठूलो मात्रामा आयात भईरहेको बताउँदै युवाहरुले स्वदेशमा नै अवसरको सदुपयोग गरी देशलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । पाल्पा गृह जिल्ला भएका गर्भनर नेपालले पाल्पामा व्यवसायीक तरकारी खेती र पशुपालनको राम्रो सम्भावना भएको उल्लेख गर्र्दै कार्यक्रममा सहभागी महिलाहरुलाई आफ्ना छोरा र श्रीमान्लाई बिदेशमा होइन स्वदेशमा नै काम गरौ भनि उत्प्रेरित गर्न आग्रह समेत गरे ।

सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराईले नेपाल सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लगायतका सबै बैक तथा वित्तीय संस्थाबाट प्रवाह हुने भएकाले त्यस्तो अनुदानलाई उपयोग गर्न स्थानीय कृषक तथा लक्षित बर्गलाई अनुरोध गरे । उनले मर्जर एक्विजिशनको माध्यमवाट सवल र सुदृढ बैक तथा वित्तीय संस्था हँुदा ठुलो लगानी गर्न सक्ने क्षमता हुने हुँदा वित्तीय संस्थाको क्षमता र स्तरबृद्धिका लागि मर्जरको नीति ल्याएको बताए ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ति मगरले तिनाउँ गाउपालिकामा एउटा मात्रै बैंक भएको अवस्थामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाखा कार्यालय स्थापना गरी सचेतना कार्यक्रम गरेकोमा गाउँमा बैक र लगानी प्रति सर्बसाधारणको अत्यन्त सकारात्मक भावना बढेको बताए । उनले तानसेनदेखि बुटवलको बीच क्षेत्रका सर्बसाधारणका लागि निक्षेप संकलन र कर्जा प्रवाहमा यो बैक सहयोगी हुने बताउँदै सेवा प्रवाहमा चुस्त राख्न सुझाव समेत दिए ।

मस्याम एकीकृत क्याम्पसका प्राचार्य घनबहादुर कार्कीले बैंकहरु नाफा केन्द्रित मात्र हुन्छन् भन्ने ग्रामिण क्षेत्रका जनताको सोंचलाई यो बैंकले परिवर्तन गरेको बताउँदै सरकारले दिने अनुदान र ब्याज अनुदानका कार्यक्रमबाट कर्जा प्रवाह गरी युवा पलायन रोक्न र स्थानीय आय बढाउन बैंक सफल रहोस भन्ने कमना गरे ।

सोही अवसरमा स्थानीय महिला उद्यमीहरु गोमा भण्डारी, सिता कुमारी अस्लामी, दुर्गा बिष्ट र साबित्रा जिसीलाई दोसल्ला र प्रसंशा पत्रबाट सम्मान गरिएको थियो भने स्थानीय मस्याम एकीकृत क्याम्पसमा जेहेन्दार बिद्यार्थी छात्रबृत्ति बितरणका लागि रु. ५० हजार रुपैया दिने घोषणा गरिएको थियो ।

बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शाइन रेसुङ्गा डेभलपमेण्ट बैक यस क्षेत्रका जनताको प्रतिनिधीमूलक बित्तीय संस्था भएकाले यसले मुनाफालाई मात्र नभई यस क्षेत्रको आर्थिक र उद्यमशिलता बिकासका लागि प्राथमिकतामा राखि सेवा प्रवाह गरी रहेकाले नै सबैको मन जित्न सकेको बताउदै अब छिट्टै राष्ट्रियस्तरको डेभलपमेण्टका रुपमा स्तरोन्नती हुने जानकारी दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय समृद्धि भन्ने मूल नाराका साथ सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको जानकारी गराउँदै स्थानीय नगरपालिका तथा गाउपालिकाहरुसंगको सहकार्य र समन्वयमा सहुलियत पुर्ण कर्जा प्रवाह गर्ने र प्रत्येक नेपालीको बैंक खाता अभियान अनुरुप ग्रामिण क्षेत्रमा बैंकिङ्ग पहुँच पुर्याउने अभियानमा रहेको बताए ।