बैंकिङ खबर । अर्थसमितिका सभापति कृष्ण प्रसाद दाहालले नेपाल राष्ट्र बैंकलाई बैंकर र व्यवसायी अलग गर्न अनुरोध गरेका छन् । उनले बैंकर र व्यबसायी एउटै हुँदा निश्चित व्यवसायीहरुका बीचमा मात्रै पूँजी घुमिरहेको बताए । सभापति दाहालले एउटै व्यक्तिले बैंक पनि खोल्ने, उद्यम पनि गर्ने काम गलत भएको उल्लेख गर्दै त्यसतर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराए । उनले भने ‘एउटै व्यक्ति बैंकर, र व्यापारी हुँदा आफु संलग्न बैंकबाट कर्जा नपाए पनि मिलेमतोमा अर्को बैंकबाट कर्जा लिने प्रबृत्ति छ, यो रोकिनुपर्छ ।’
