बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका बैंकहरुको विवरण पठाउन बैंकहरुलाई पत्र काटेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सो जानकारी गराएका हुन् । राष्ट्र बैंकले एक बैंकमा लगानी भएका व्यक्तिको अर्को बैंकमा कति लगानी छ भनेर थाहा पाउनका लागि विवरण माग गरेको हो । ०.१ प्रतिशतभन्दा बढी क्रस होल्डिङ गरेका शेयरधनीहरुको सूची तत्काल पठाउन राष्ट्र बैंकले पत्राचार गरको छ ।