August 1st, 2019

बैंकका सञ्चालक तथा कार्यसमितिमा महिला सहभागिता कति ?

बैंकिङ खबर । हरेक कम्पनीहरुको सञ्चालक समितिमा महिला सहभागिता हुनैपर्ने सरकारी प्रावधान छ । जुनसुकै कम्पनीहरुमा पनि महिला सहभागिता गराउने धेयका साथ यस्तो प्रावधान राखिएको हो । तर पनि कतिपय संस्थाहरुमा महिला सहभागिता अझैपनि न्यून देखिएको छ । समग्र आर्थिक तथा सामाजिक विकासका लागि महिलाको महत्वपूर्ण भूमिका रहन्छ । बैंकिङ क्षेत्रमा पनि महिला सहभागिता न्यून देखिएको छ । बैंकका सञ्चालक तथा कार्य समितिमा महिला सहभागीता नहुनु दुःखद् कुरा हो । नेपालमा अहिले रहेका २८ वाणिज्य बैंकहरुको मूख्य तहहरुमा महिलाको सहभागिता बारे यहाँ देखाईएको छ ।

सरकारको प्रत्यक्ष स्वामित्वमा रहेको नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडमा महिला सहभागिता न्यून रहेको छ । ६ सदस्यीय सञ्चालक समिति रहेको उक्त बैंकमा दुई जना मात्रै महिला सदस्य रहेका छन् । जसमा एसिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसरका रुपमा समता पन्त (भट्ट) रहेकी छिन् । त्यस्तै, प्रतिभा डंगोल प्रदेश २ कार्यालयमा चिफ म्यानेजरको रुपमा रहेकी छिन् ।

सरकारकै लगानीमा रहेको कृषि विकास बैंकमा भने सञ्चालक समितिमा एक जना मात्रै महिला रहेकी छन् । कृषि विकास बैंकको बोर्ड सदस्यको रुपमा रहेकी एकमात्र महिला हुन् इन्दिरा श्रेष्ठ (मास्के) । कृषि विकास बैंकको कार्य समतिमा पनि कुनै महिला सदस्य रहेका छैनन् ।

नविल बैंकको चिफ रिस्क अफिसरको रुपमा नमिता दिक्षित रहेकी छिन् भने कन्जुमर लेन्डिङः हाउजिङ तथा मोर्टगेजको म्यानेजरको रुपमा चाँदनी श्रेष्ठ रहेकी छिन् । त्यस्तै, इन्स्टिट्यूसनल बैंकिङ तथा डेभलोपमेन्ट अर्गानाईजेसन म्यानेजरको रुपमा सम्झना श्रेष्ठ रहेकी छिन् । यस्तै नविल बैंकको वित्तीय कार्यालय प्रमुख अन्जुली श्रेष्ठ छिन् भने अपरेशनल रिस्क म्यानेजमेन्ट प्रमुखमा सावित्री दाहाल रहेकी छिन् । त्यस्तै कम्प्लीयन्स कार्यालयको व्यवस्थापकका रुपमा विनिता ढुङ्गाना रहेकी छिन् ।

इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिमा महिला सहभागिता छैन । जोखिम व्यवस्थापकमा सुजता जोशी रहेकी छिन् । त्यस्तै सिर्जना पाण्डे कर्पोरेट म्यानेजरको रुपमा रहेकी छिन् भने कम्प्लियन्स व्यवस्थापकका रुपमा बन्दना थापा छिन् । यस्तै बजार तथा बचततर्फ शोभा श्रेष्ठ छिन् भने कार्डमा रीना चन्द छिन् । दिना लामा मानव स्रोत साधनतर्फ छिन् भने उशा पाण्डे जेनेरल सर्भिसतर्फ रहेकी छिन् । रञ्जना श्रेष्ठ र मेनुका श्रेष्ठ बैंकल्पिक निर्देशक हुन् जोखिम व्यवस्थापन कार्यालयका प्रमुखमा सिसम प्रधानाङ्ग जोशी, कम्प्लियन्स तथा इन्टर्नल कन्ट्रोल डिपार्टमेन्टका हेड भवानी घिमिरे रहेकी छिन् ।

बैदेशिक लगानीमा रहेको स्ट्याण्डर्ड चार्टड बैंकको सञ्चालक समितिमा ५ सदस्यीय सञ्चालक समिति छन् । जसमध्ये १ सदस्य मात्रै छन् । उनी हुन्, करेना डि अल्विस जसले निर्देशक पद सम्हालेकी छिन् ।

आठ सदस्यीय कार्य समिति रहेको नेपाल एसबीआई बैंकका महिला सहभागिता एक जनाको मात्रै रहेको छ । सो बैंकमा काठमाडौँ क्षेत्रीय व्यवस्थापकका रुपमा रोशनी भारती रहेकी छिन् ।

नेपाल बंगलादेश बैंकमा ५ सदस्यिय कार्य समिती छन्, जसमध्ये १ सदस्य मात्रै महिला रहेकी छिन् । सलोनीका सिंह सह–प्रबन्धक का रुपमा रहेकी छिन् । यस्तै मानव संसाधन विभाग प्रमुखमा सरोजा कोईराला, क्रेडिट व्यवस्थापकमा चन्द्रा कुमारी श्रेष्ठ, कर्पोरेट सञ्चार तथा ब्रान्डिङ विभाग प्रमुखमा यात्री कोईराला रहेकी छिन् ।

एभरेष्ट बैंकको सञ्चालन समितिमा ७ सदस्य रहेका छन् । तर त्यहाँ कोही पनि महिला सदस्य रहेका छैनन् । यस्तै, ५ सदस्यीय व्यवस्थापक समितिमा कुनै पनि स्थानमा महिला सहभागिता छैन । यद्यपी विभागीय प्रमुखहरुमा भने महिला सहभागिता रहेको छ । बैंकको जोखिम व्यवस्थापन विभाग प्रमुखमा जानुका ताम्राकार रहेकी छिन् भने कार्य सञ्चालन विभाग प्रमुखमा प्रिती लामा रहेकी छिन् ।
यसरी हेर्दा एभरेष्ट बैंकमा महिला सहभागिता एकदमै न्यून रहेको छ ।

सात सदस्यीय निर्देशक समिति रहेको सिटिजन्स बैंकमा महिला सदस्य एक जनामात्रै रहेकी छिन् । चन्दा कार्की बैंकको एकमात्र महिला निर्देशक हुन् । यस्तै १० सदस्यीय कार्यसमिती रहेको बैंकमा एक सदस्य मात्रै महिला रहेकी छिन् । बैंकको चिफ एड्मिनिस्ट्रेटिभ अफिसरको रुपमा उमङ्ग शर्मा छिन् ।

लक्ष्मी बैंकको सञ्चालक समितिमा एक महिलाको मात्रै सहभागिता रहेको छ । रिप्रिजेन्टिङ जनरल पब्लिकको निर्देशकको रुपमा स्वाती रंगोता लक्ष्मी बैंकको एकमात्र महिला निर्देशक हुन् ।

पाँच सदस्यीय सञ्चालक समिती रहेको कुमारी बैंकमा एक मात्रै महिलाको सहभागिता छ । अनुराधा चौधरी बैंकको एक मात्रै महिला निर्देशक हुन् । ३२ सदस्यीय कार्य समितिमा महिला ५ सदस्य महिला छन् । जसमा, रिना रिजाल डिपोजिट मार्केटिङ तथा इन्स्टिट्यूसनल बैंकिङ प्रमुखमा छिन् भने कर्पोरेट कम्यूनिकेसन प्रमुखमा सिपा रेग्मी रहेकी छिन् । यस्तै केन्द्रिय कार्यसञ्चालन प्रमुखमा नमिता शाक्य छिन् भने मेलमिलाप प्रमुखमा सरिता दवाडी छिन् । यस्तै वित्त बजार प्रमुखमा निर्मिता हाडा छिन् ।

आठ सदस्यीय सञ्चालक समिति रहेको प्राइम कमर्सियल बैंकमा एक जना मात्रै महिला सहभागी छिन् । प्रोफेसर डा. मंगला श्रेष्ठ बैंकको इन्डिपेन्डेन्ट निर्देशक हुन् । यस्तै १८ सदस्यीय व्यवस्थापक समुह रहेको प्राइम बैंकमा ३ महिलाको मात्रै सहभागीता छ । जसमा मानव संशाधन विभाग प्रमुखमा बन्धना मानन्धर, ट्रेड फाइनान्स विभागमा अर्पणा लासेउल तथा वित्त व्यवस्थापकमा स्वेछा कार्की रहेकी छिन् ।
सात सदस्य रहेको सनराइज बैंकको कार्य समितिमा १ महिलामात्रै रहेकी छिन् । सारदा शर्मा बैंकको महिला निर्देशक हुन् । यस्तै बैंकको कायम मुकायम कार्यकारी अधिकृतमा आशा राना अधिकारी रहेकी छिन् ।

सात सदस्यीय सञ्चालक समिति रहेको सेन्चुरी बैंकमा एक मात्र महिला सदस्य छन् । बैंकको निर्देशकको रुपमा उमा कुमारी श्रेष्ठ रहेकी छिन् । यस्तै आठ सदस्यीय कार्य समितिमा एक जनामात्रै महिला छिन् । जोखिम व्यवस्थापन प्रमुखका रुपमा अनुपमा श्रेष्ठ मानन्धर रहेकी छिन् ।

माछापूच्छ्रे बैंकको सञ्चालक तथा कार्य समिति दुवैमा महिला सहभागिता शून्य रहेको छ ।

सानीमा बैंकमा छ सदस्यीय सञ्चालक समितिमा महिला एक सदस्य मात्रै रहेकी छिन् । बैंकको निर्देशकको रुपमा गायत्री थापा रहेकी छिन् । कार्य समितिमा भने चार महिला सदस्य रहेका छन् । जसमा क्रेडिट एडमिन एण्ड रिकभरीमा रोमिला कोइराला, क्रेडिट रिस्क प्रमुखमा रमा खड्का, प्राएरीटी बैंकिङ प्रमुखमा रमिला श्रेष्ठ र सञ्चालन प्रमुखमा सविना श्रेष्ठ रहेकी छिन् ।

एनआइसी एसिया बैंकमा सञ्चालक तथा मूख्य कार्य समितिका पदहरुमा महिला सहभागिता शून्य रहेको छ । केही शाखा कार्यलयहरुका मूख्य कार्यसमितिमा भने महिलाहरुको न्यून सहभागिता देखिएको छ ।

बैंक अफ काठमाडौँ लिमिटेडको सञ्चालक समिति तथा कार्य समितिमा महिला सहभागिता शून्य छ । केही शाखा कार्यलयहरुका मूख्य कार्यसमितिमा भने महिलाहरुको न्यून सहभागिता देखिएको छ ।

सिद्धार्थ बैंकको सञ्चालक समितिमा महिला सहभागिता छैन । कार्यसमितिमा भने महिलाहरुको सहभागिता देखिएको छ । बैंकको कार्यसमितिमा शैलजा ज्ञवाली इन्टिग्रेटेड रिस्कका प्रमुख हुन् । उनी लगायत बैंकको कार्यसमितिका अन्य केही महिलाहरु पनि रहेका छन् ।

एनएमबी बैंकको सञ्चालक समितिमा महिला सहभागिता नरहेको भेटिएको छ । ६ सदस्यीय सञ्चालक समितिमा महिला सहभागिता भने शून्य देखिएको हो । कार्यसमितिमा भने एक मात्र महिला सदस्य रहेका छन् । शबनम लिम्बु जोशी बैंकको मानव संसाधन तथा विजिनेश सपोर्टर अफिसर प्रमुखको रुपमा कार्यरत छिन् ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सञ्चालक समितिमा महिला सहभागिता नै छैन । ६ सदस्यीय कार्यसमिति रहेको सो बैंकमा १ महिला मात्रै कार्यसमितिमा छन् । बैंकको डेपुटी चिफ अफिसर तथा प्रवक्ताको रुपमा बन्दना पाठक रहेकी छिन् ।

मेगा बैंकमा सात सदस्यीय सञ्चालक समितिमा एक मात्रै महिला सदस्य छिन् । शिवा देवी काफ्ले मेगा बैंकको इन्डिपेन्डेन्ट डाइरेक्टरको रुपमा कार्यरत छिन् । यस्तै बैंकको ९ सदस्यीय कार्यसमितिमा ५ जना महिला सदस्य कार्यरत छन् । जसमा अनुपमा कुञ्जेली प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छिन् । त्यस्तै रवीना देशराज जोशी सहायक डेपुटी सीईओ, व्यवसाय विभाग प्रमुख प्रज्ञा पाण्डे, ग्लोबल मार्केट प्रमुखमा डेनी श्रेष्ठ, संसाधन विकास प्रमुखमा जेनु थापा कार्यरत छिन् ।

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा महिला सहभागिता छैन । कार्यसमितिमा भने एक महिला सहभागि छिन् । डिपार्टमेन्ट चिफको रुपमा सरस्वती अधिकारी रहेकी छिन् ।

जनता बैंकको सञ्चालक समितिमा एक जना महिला सदस्य रहेकी छिन् । सात सदस्यीय सञ्चालक समितिमा पर्न सफल मिना कुमारी सैंजु इन्डिपेन्डेन्ट डाईरेक्टरको रुपमा रहेकी छिन् । यद्यपी कार्य समितिमा भने महिला सहभागिता रहेको छैन ।

ग्लोबल आइएमई बैंकमा ६ सदस्यीय सञ्चालक समिति छ । तर समितिभित्र महिलाको सहभागिता छैन । कार्यसमितिमा भने एक जना महिलाको सहभागिता रहेको छ । एसिस्टेन्ट जेनेरल म्यानेजरको रुपमा आरती रानाले कार्यभार सम्हालेकी छिन् ।

सात सदस्यीय सञ्चालक समिति रहेको नेपाल क्रेडिट एण्ड कर्मश बैंकमा एक जना पनि महिला सञ्चालक समितिमा छैनन् । त्यस्तै, ६ सदस्यीय कार्यसमितिमा एक महिला सदस्यको सहभागिता छ । बन्दना पाठक यस बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत हुन् ।

सिभिल बैंकको सञ्चालक समितिमा सात सदस्य छन् तर त्यहाँ एक सदस्य पनि महिला छैनन् । यस बैंकको पाँच सदस्यीय कार्यसमितिमा एक जना महिलाको पनि सहभागिता छैन ।

छ सदस्यीय सञ्चालक समिति रहेको प्रभु बैंकमा २ जना महिला सदस्य रहेका छन् । बैंकको निर्देशकमा अम्बिका शर्मा लामिछाने र अन्जु अधिकारीले कार्यभार सम्हालेका छन् । यद्यपी, कार्य समितिमा भने महिला सहभागिता छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]