बैंकिङ खबर । नेपाल बङ्गलादेश बैँक र तातोपानी सुख्खा वन्दरगाह भन्सार कार्यालय, सिन्धुपाल्चोकका बिच सरकारी कारोबार संचालन गर्न सम्झौता भएको छ ।
सम्झौता अनुसार, बाह्रबिसे शाखा अन्तर्गत एक्सटेन्सन काउन्टर खोली बैंकले सरकारी कारोबार अन्तर्गत सो कार्यालयको राजस्व संकलन गर्नेछ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना तथा भन्सार कार्यालयको तर्फबाट महानिर्देशक रामेश्वर डङ्गालले हस्ताक्षर गरेका थिए ।