बैंकिङ खबर । प्रभु पे प्रभु ग्रुपद्धारा संचालित मोबाइल वालेट सेवा हो । यो एउटा मोबाइल एप हो, जसलाई इन्स्टल गरेर सजिलै विभिन्न वस्तु तथा सेवाको खरिद गर्न सकिन्छ । कुनै पनि बैंकमा भएको आफ्नो खाताबाट यस वालेटमा पैसा हाली चाहेको समयमा विभिन्न बील भुक्तानी गर्न सकिन्छ ।
केके छन् सुविधा ?
कुनै पनि वस्तु तथा सेवा खरिद गर्न सहज हुने ।
क्युआर कोड वा फोन नम्बरको प्रयोग गरी प्रभु पे युजरलाई तुरुन्तै पैसा ट्रान्सफर गर्न सकिने ।
विजुली, टिभी, इन्टरनेट, फोन लगायतको बील भुक्तानी सजिलै र तुरुन्तै गर्न सकिने ।
ट्याक्सी बुक गर्न सकिने ।
फ्लाइट, सिनेमा वा कुनै एभेन्टहरु टिकट पनि बुक गर्न सकिने ।
कारोबारको रेकर्ड राख्न सकिने ।
प्रभु पे वालेट फण्ड विदड्र गर्ने एटीएम रहेको स्थान बारे जानकारी पाइने ।
प्रभु पे रजिष्टर भएका मर्चेन्टबाट प्रभु पे वालेट सजिलै टप अप गर्न सकिने ।
डेबिट कार्डबाट भुक्तानी गर्न प्रभु पे मा सिधै बैंक एकाउन्ट लिंक गर्न सकिने ।
२०भन्दा बढी बैंकिङ पार्टनर
२० भन्दा बढी बैंकको खाताबाट प्रभु पेमा पैसा हाल्न सकिन्छ । यसका लागि प्रभु पे ले निम्न बैंकहरुसँग सम्झौता गरेको छः
एनएमबि बैंक
एनआईसी एशिया बैंक
मेगा बैंक
ग्लोबल आईएमई बैंक
कुमारी बैंक
प्रभु बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक
माछापूच्छ्रे बैंक
एभरेष्ट बैंक
सिभिल बैंक
बैंक अफ काठमाण्डू
गरिमा विकास बैंक
मुक्तिनाथ विकास बैंक
यी बैंकहरुको एटिएमलाई प्रभु पे मा लिंक गराएर कारोबार गर्न सकिन्छ भने यी बैंकको मोबाइल वा इन्टरनेट बैंकिङबाट पनि प्रभु पे मा पैसा राखेर कारोबार गर्न सकिन्छ ।
प्रभु पे एप एनरोइड र एप्पल दुवै फोनमा इन्स्टल गर्न सकिन्छ । यो वालेट सुरक्षित र भरपर्दो समेत रहेको प्रभुको दाबी छ । प्रभु पेले १० लाखसम्मको दुर्घटना बीमा समेत सुरु गरेको छ ।


