Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैंकबाट कर्जा लिन व्यवसायीलाई सजिलो, राजश्व विभागले गर्दैछ यस्तो तयारी

२०७६ श्रावण १२ गते

बैंकिङ खबर । आन्तरिक राजश्व विभागले दोहोरो आय विवरण नियन्त्रण गर्ने भएको छ । हालसम्म व्यवसायीहरुले आय व्ययको विवरण कर कार्यालयमा एउटा र बैंकमा अर्को पठाउने गरेका थिए । अब व्यवसायीहरुले कर प्रशासनमा पेश गरेको विवरण र बैंक तथा वित्तीय संस्थाहरुमा पेश गरेको विवरणको सूचना आदान प्रदान गर्ने स्वचालित प्रणालीको विकास विभागले गर्ने भएको हो । विभागले करदाताले बुझाएको आय विवरण र तिरेको करबारे बैंकलाई जानकारी गराउने नयाँ प्रणाली चाँडै लागू गर्ने तयारी भईरहेको जानकारी दिएको छ ।

अब करदाताले कर्जा प्रयोजनका लागि आन्तरिक राजश्व विभागको वेबसाईट खोलेर ट्याक्स पेयर पोर्टलमा गई कर्जा लिन इच्छुक व्यक्तिहरुले वेबसाइट मार्फत नै युजरनेम र पासवर्ड प्राप्त आफ्नो सम्पुर्ण विवरण भरेर रुजु गर्नुपर्दछ । त्यस पश्चात युजर आईडी र कोर्ड बाहक आधिकारीक करदाताको रुपमा रहन्छ । ग्राहक बैंकमा ऋणका लागि निवेदन दिन जाँदा उक्त कोड नम्बर लिएर जानुपर्छ ।

कर्जा लिने ग्राहकले चाहेको बैंकको नाम उल्लेख गरि अघिल्लो दुई आर्थिक वर्षको वित्तीय विवरण र चालु आर्थिक वर्षको अनुमानित योजना सहित बिस्तृत विवरण भर्नुपर्दछ । फर्म भरीसकेपछि कर्जाको लागि अन्य बैंकिङ्ग प्रकृयामा अघि बढ्छ ।