Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकका आठ कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?

२०७६ श्रावण १० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको उच्च व्यवस्थापनले आठ जना कार्यकारी निर्देशकको सरुवा गरेको छ ।

बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकमा देवकुमार ढकाल आएका छन् । ढकाल यसअघि भुक्तानी विभागमा कार्यकारी निर्देशक थिए । नियमन विभागमा प्रमुख रहेका बमबहादुर मिश्र भुक्तानी विभागमा पुगेका छन् । उनी कामू कार्यकारी निर्देशक हुन् ।

त्यस्तै, वाणिज्य बैंक सुपरिवेक्षण विभागमा मुकुन्द क्षेत्री आएका छन् भने यहाँ रहेका महेश्वरलाल श्रेष्ठ संस्थागत सेवा विभागमा पुगेका छन् । मुकुन्द क्षेत्री यसअघि संस्थागत विभागमा प्रमुख थिए ।

विकास बैंक सुपरिवेक्षण विभागका भुवन कँडेल आन्तरिक लेखा परिक्षण विभागमा पुगेका छन् । यसअघि वित्त कम्पनी सुपरिवेक्षण विभागमा रहेका ऋषिकेश भट्ट विकास बैंक सुपरिवेक्षण विभागमा आएका छन् । अहिले वित्त कम्पनी व्यवस्थापन विभागमा प्रदिपराज पाण्डे पुगेका छन्, जो यसअघि संस्थागत विभागमा थिए ।

राष्ट्र ऋण व्यवस्थापन विभागमा मा निलम तिमिल्सिना आएकी छिन्, जो यसअघि आन्तरिक लेखा परिक्षण विभागमा थिइन् । राष्ट्र ऋण व्यवस्थापन विभागमा रहेका सुमन अधिकारी भने सामान्य सेवा विभागमा पुगेका छन् ।

सरुवा भएका कार्यकारी निर्देशकहरुले आइतबारदेखि नयाँ विभागमा काम थाल्नेछन् ।