सिद्धार्थ बैंक र बिजिनेश युनिभर्सल डेभलपमेन्ट बैंकबीच मर्ज पुरा भएर आगामी मंगलबारदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्ज सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताइएको छ । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाउँदा सिद्धार्थको १०० कित्ता कायम हुने र बिजिनेश युनिभर्सलका लगानीकर्ताले १०० कित्ता बराबर सिद्धार्थको ५५ कित्ता शेयर पाउने गरी स्वाप रेसियो कायम भएको छ । दुबै बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्तापूँजी ३ अर्ब ३ करोड हुनेछ ।