Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकले हात पार्यो बिपिए अवार्ड, २०१८

२०७६ श्रावण ८ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंक लिमिटेडले बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८ को प्रथम स्थानप्राप्त गरेको छ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८, समारोहमा विकास बैंकतर्फ महालक्ष्मी विकास बैंकले प्रथम स्थानप्राप्त गरी अवार्ड हासिल गर्न सफल भएको हो ।

उक्त समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरेका छन् । बैंकले उक्त सफलताको श्रेय बैंकका ग्राहकवर्ग, नियमक निकाय, शुभचिन्तक एवं शेयरधनी हरुलाई दिएको छ ।

Ad