July 23rd, 2019

श्री रत्न पुस्तकालयलाई नेपाल बङ्गलादेश बैंकको सहयोग

बैंकिङ खबर । नेपाल बंगलादेश बैंकले काठमाडौँको बानेश्वरस्थित श्री रत्न पुस्तकालयलाई सहयोग गरेको छ । बैंकले १२ हजार एक सय ७८ रुपैयाँ बराबरका विभिन्न साहित्यिक किताबहरु र सोही पुस्तकालयद्वारा संचालित देवकोटा कोषका लागि एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।