July 22nd, 2019

प्रभु बैंकको प्रभु इजी फोरेक्स, मोवाइलबाटै विदेशी मुद्रा सटही

बैंकिङ खबर । प्रभु बैंक लिमिडेडले वैदेशीक मुद्रा सटही सम्बन्धी एप संचालनमा ल्याएको छ । बैंकले सेवाग्रहीको सुविधालाई मध्य नजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरिय बैंकिङ एप प्रभु इजी फोरेक्स संचालनमा ल्याएको हो ।

उक्त एपको प्रयोगबाट वैदेशीक रोजगारीमा जाने अथवा, अन्य कामको सिलसिलामा विदेश जाने नेपालीहरुले प्रभु बैंकको काउन्टरमा विदेशी मुद्रा सटही गर्न सक्नेछन् । विदेश जादाँ बैंकहरुमा गएर बैदेशीक मुद्रा सटही गर्नु पर्ने झनझटबाट बैंकको एप्लिकेसन प्रयोगकर्ता मुक्त हुने विस्वास बैंकले लिएको छ ।

सो प्रभु इजी फोरेक्स एप्लीकेसन मोवाइल एप हाल प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिनेछ भने एपस्टोरमा समेत चाडै उपलब्ध हुने बैंकले जनाएको छ । एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गरि आवश्यक व्यक्तिगत विवरण सम्पुर्ण दिन मिल्छ । त्यस पश्चात आवेदकलाइ बैंकवाट केही समय भित्रमै संदेश मार्फत सटहीको कन्फर्मेसन प्रदान गरिनेछ र आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउण्टरवाट बैदेशिक मुद्रासंकलन गर्न सक्ने जनाइएको छ । हाल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित बैकको काउण्टरवाट समेत सहजै यो सुविधा उपलब्धहुने व्यवस्था गरिएको छ ।