July 22nd, 2019

मुक्तिनाथविकास बैंक र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच सहकार्य

बैंकिङ खबर । मुक्तिनाथविकास बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल अस्पताल, टोखा काठमाण्डौंबीच स्वास्थ्य सेवा शुल्क सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा अस्पतालको तर्फबाट बजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैंकका भिषा डेबिट कार्ड वाहक ग्राहकहरूले ग्राण्डी अस्पताल,टोखामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

मुक्तिनाथविकास बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा एटिएमबाट ६ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधा प्रदान गरिरहेको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमाल्याएको छ ।