बैंकिङ खबर । महिलाको जिवनलाई नजिकबाट नियालेर हेर्ने हो भने उनीहरुको रुप एक र स्वरुप अनेक हुन्छन । जिम्मेवारीको हिसावले पारिवारिक रुपमा उनिहरुलाई ठुलै हिस्सा परेको हुन्छ । पारिवारिक जिम्मेवारी बोकेर जिवनका धेरै समस्या झेल्दै आफ्नो जिवनको गोरेटोलाई फराकिलो बनाउने संर्घषशिल महिलाहरु मध्ये लिलामाया विक पनि एक हुन ।
मायाप्रेम गर्नेहरुका लागि भौगोलिक दुरताले नछेक्दो रहेछ, तसर्थ खुसी संग वाच्नका लागि जिवनको सहयात्रीका रुपमा उनले भारतिय नागरिक रोजिन । नवलपरासीको रजहर गाविस वडा न : ७ वस्ने लिलामाया विक र भारतिय नागरिक भएतापनि नेपालमै वसोवास गर्दै आएका कमलेस जैसवाल संग उनको २०६२ सालमा विहे भयो ।
विवहा पछि ३ सन्तानकी आमा वनेकी उनलाई छोराछोरी पाल्ने र पढाउने वोझले कमजोर वनाउन थाल्यो । हाटवजारमा मसला वेच्ने उनका श्रीमानको कमाईले हात मुख जोर्ने सिवाय अरु केही भएन । व्यापारीसंग विहे गरेपछि राम्रै होला भन्ने सोचेकी लिलामायाको सपना भनेजस्तो भएन । बैंकवाट कर्जा निकालेर व्यापार बढाउ भन्नका लागि उनीसंग जग्गा–जमिन पनि थिएन । अरुको घरमा भाडामा वसेर आफ्ना तिन सन्तानको सुसार गर्दै आएकी उनीलाई व्यापार वढाउने निकै ठुलो रहर थियो ।
कुनै पनि तरिकाबाट माथि उठन नसकेको समयमा उनी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय रजहर अन्र्तगत समुहमा आवद्ध भईन । त्यस पश्चात उनीले समुह जमानिमा कर्जा निकाल्ने अवसर पाईन् । “आर्थिक अवस्था कमजोर भएका, बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुग्ने अवस्था नभएका र केही गर्छु भन्नेका लागि जनउत्थान लघुवित्तले कर्जा प्रदान गर्छ भनेर सुनेको थिए, लिलामाया भावुक हुदै भन्छिन, संस्थामा आवद्ध भए सोही दिनमै मेरो भाग्य खुलेको रहेछ” ।
२०७३ सालमा जनउन्थानमा आवद्ध भएपछि उनले हप्तामा सातैबार लाग्ने हाटवजारमा लाग्ने आफुले पनि कपडा वेच्न सुरु गरिन र उनका श्रीमानले मसलाको व्यापार गर्न थाले । उनले सस्थाबाट ५० हजार रुपैयाँ दिएर व्यापर सुरु गरेकी हुन् । अहिले उनी महिनामा ३० हजार रुपैयाँ भन्दा बढी कमाउने बताउछिन् । उनका श्रीमानले महिनाको ४० हजार रुपैयाँ कमाउछन् । उनले आफ्ना छोरा छोरीलाई पनि राम्रो स्कुलमा पढाइरहेकी छिन् ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको निरन्तर कर्जा लगानीबाट व्यापार बढेको उनले जानकारी दिइन् । उनी गर्वका साथ भन्छिन्, ‘पाँच महिना अगाडी मेरै नाममा ८ धुर जग्गा समेत किनेकी छु अव घर वनाई वस्ने हो’ । शहरमा वस्ने महिलाले लघुवित्तको महत्व बुझदैनन् र कर्जा निकालेर दुरुपयोग गर्दछन भनेर भन्नेहरुका लागि उनि उदाहरण बनेकी छिन ।
उनको मनमा आँट थियो जनउत्थानले उनलाई साथ दियो इमान्दारिताका साथ उनीले काम गरेकी छिन् । उनले अझै धेरै हुने लक्ष्य लिएकी छिन् ।
एउटा नारीले जिवनमा आउन सक्ने हरेक परिस्थिीतिको सामना गर्दै परिवारको अर्थतन्त्रलाई वलियो वनाउन सक्छे तसर्थ नारीको सम्मान गरौ र नारीले पनि लघुवित्तको अर्थ बुझौ अनि मात्र हुनेछ स्वाधिन अर्थतन्त्रका लागि समावेशी वित्तिय प्रणालीको निमार्ण । प्रस्तुती : सपना सुनाम, शाखा प्रमुख, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था,रजहर शाखा